डेंगु नियन्त्रणमा प्रभावकारी कदम चाल्न आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई डेंगु नियन्त्रणमा प्रभावकारी कदम चाल्न आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले मंगलबार विज्ञप्ति जारी गर्दै डेंगुको संक्रमणण बढ्दै गएकाले नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न सङ्घ, प्रदेश र स्थानीय तहलाई आग्रह गर्नुभएको हो ।

कोरोना महामारी कायमै रहेको अवस्थामा हाल देशव्यापीरुपमा फैलिँदै गइरहेको डेंगु रोगका कारण नागरिकको स्वास्थ्यमा पर्न गएको जोखिमको अवस्थाप्रति राष्ट्रिय आयोगले ध्यानाकर्षण भएको समेत जनाएको छ ।

‘बिरामीको सङ्ख्या दिनप्रतिदिन बढिरहेको अवस्थामा यसको नियन्त्रण तथा रोकथामका लागि सम्बन्धित निकायको यथेष्ठ ध्यान पुग्न नसक्दा नागरिकको जीवन नै जोखिममा पर्न गएको र तीन तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसकेको जस्ता विषय विभिन्न सञ्चारमाध्यमका साथै अन्य विभिन्न माध्यमबाट आयोगलाई जानकारी प्राप्त भएका छन् ।’ आयोगले भनेको छ ।

डेंगु संक्रमणणबाट नेपालमा यही भदौ महिनामा एक जनाको ज्यान जानुका साथै पछिल्लो समय पाँच हजार बढी व्यक्ति बिरामी परेको पाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आयोगले नागरिकको स्वास्थ्यसम्बन्धी हकको संरक्षण गर्दै जीवनको अधिकार सुनिश्चित गर्न, डेंगु संक्रमणण गराउने जातका लामखुट्टे उत्पादन हुने तथा फैलिन सक्ने ठाउँहरू पहिचान गरी नष्ट गर्ने कार्यमा तीनै तहका सरकारबीच प्रभावकारी समन्वय र सहकार्य गर्नसमेत विज्ञप्तिमा आग्रह गरिएको छ ।

डेंगु नियन्त्रण तथा रोकथामका लागि सरसफाइ, जनचेतनालगायत कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउन आयोग तीनै तहका सरकारलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply