‘विकास निर्माणमा सङ्घसंस्थाको महत्वपूर्ण भूमिका’

गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभामन्त्री विन्दुकुमार थापाले स्थानीय विकास निर्माणमा सामाजिक सङ्घसंस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभएको छ । पोखरा महानगरपालिका–८ वगालेटोलमा स्थानीय सक्रियतामा रु ८५ लाखको लागतमा निर्माण सम्पन्न गरिएको तीनतल्ले बहुद्देश्यीय सामुदायिक भवनको आज उद्घाटन गर्दै उहाँले भवन समाजका सम्पूर्ण जातजातिका लागि बहुपयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो । विकास निर्माणका लागि प्रदेश सरकार समाजिक सङ्घसंस्थासँग समन्वय र सहकार्यका आधारमा साझेदारी गरेर अघि बढ्न प्रतिबद्ध रहेको बताउँदै उहाँले सामुदायिक भवन आयआर्जनको माध्यम बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो । विपद्को अवस्थामा उपयोगी बन्ने खुल्ला जग्गाको संरक्षणमा स्थानीय समुदायले ध्यान दिनुपर्नेमा जोड दिँदै मन्त्री थापाले शान्तिघाटस्थित शवदाहस्थललाई सञ्चालन गर्न आवश्यक पहल गर्ने विश्वास व्यक्त गर्नुभयो । भवन निर्माण समितिका संयोजक श्यामकृष्ण श्रेष्ठका अनुसार दिवा तथा आवासीय क्रियापुत्री सेवा, ज्येष्ठ नागरिक सेवा केन्द्रसहित सभाहल रहेको उक्त भवन निर्माणमा प्रदेश सरकारको पाँच लाख र वडा नं ८ को रु तीन लाख बाँकी स्थानीय चार सयभन्दा बढी चन्दादाताको आर्थिक सहयोग छ । कार्यक्रममा पोखरा–८ का वडाध्यक्ष रुद्रनाथ बरालले भवन निर्माणमा आर्थिक सहयोग गर्ने चन्दादातालाई सम्मानपत्र र दोसल्लाले सम्मान गर्दै भवनलाई उद्यमशीलतासँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो । बलागले टोल सुन्दरमार्ग टोल विकास संस्थाका अध्यक्ष हिराकाजी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार एवम् ज्येष्ठ नागरिक सरोकार समिति नेपालका अध्यक्ष भक्तराज श्रेष्ठ लगायतले सामुदायिक भवनको आवश्यकतामाथि चर्चा गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply