धनबहादुर बिक
कञ्चनपुर , मंसिर ०४ ।
नेकपा माओवादी केन्द्रीय सदस्य तथा पुर्व खानेपानी मन्त्री बिना मगरले मतदान गर्नु भएकाे छ । कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पुनर्वास न.पा. ३ रामबस्तीमा रहेकाे गाेर्खा आाधारभुत विद्यालयमा रहेकाे मतदान केन्द्रमा मतदान गर्नु भएकाे हाे ।
यस्तै नेकपा एमाले बाट प्रतिनिधि सभा सदस्य उमेदवार तथा सुदूरपश्चिम प्रदेश पुर्व आर्थिक मामिला मन्त्री तारालामा तामाङले पनि मतदान केन्द्र गोर्खा आधारभुत बिद्यालय मै मतदान गरेका छन ।
समाचार तयार गर्दासम्म निर्वाचन क्षेत्र नम्बर १ पुनर्वास मा शान्तिपूर्ण मतदान प्रक्रिया जारी भएको निर्वाचन मा खटिने कर्मचारी तथा प्रहरी प्रशासनले जनाएका छन ।
निर्वाचनलाई शान्त र भय रहित बनाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी मतदान केन्द्रमा खटिएका छन । कञ्चनपुरमा मतदान केन्द्र ३४६ ओटा र मतदान स्थल १३२ ओटा रहेका छन । क्षेत्र नं. १ मा पर्ने पुनर्वास नगरपालिका, बेलाैरी नगरपालिका, लालझाडी गाउँपालिका र बेल्डाँडी गाउँपालिकामा गरी जम्मा ९९ हजार १ सय दश जना मतदाता रहेका छन । १ नं. क्षेत्रमा मतदान स्थल ५२ अाेटा र मतदान केन्द्र ११९ अाेटा रहेका छन । सबै मतदान स्थलमा बृद्ध तथा अपाङ्गका लागि छुट्टै लाईनकाे ब्यवस्था गरिएकाे निर्वाचन कार्यालयले जनाएकाे छ ।