चर्चित रेडियो कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको निधन

धनगढी:- चर्चित रेडियो कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको निधन भएको छ। राप्ती नगरपालिका–४ सुन्दरबस्तीस्थित आफ्नो घरबाट काठमाडौं जाँदै गर्दा राप्ती नगरपालिका–६ हर्दीमा बिहान साढे ५ बजे माइक्रो बस दुर्घटना हुँदा उनको मृत्यु भएको हो।

आफू सवार बा ४ ख ४१२ नम्वरको माइक्रोबसमा च्यापिएका विश्वकर्मालाई झण्डै २ घण्टापछि निकालिएको थियो। विग्रेर रोकिराखेको ना २ ख ८५२२ नम्वरको ट्रकमा माइक्रो ठोक्किएको थियो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्। विश्वकर्माको रेडियो कार्यक्रम ‘बहकिने मन’ स्रोतामाझ निकै चर्चित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply