कांग्रेस संसदीय दलको नेतामा रस्साकस्सी : देउवालाई कसको कति चुनौती ?

धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदीय दलको नेता बन्ने दौडमा देखिएका छन् । सरकारको नेतृत्व गर्नका लागि संसदीय दलको नेता बन्नैपर्ने बाध्यात्मक परिस्थितिका कारण देउवा त्यसतर्फ अग्रसर देखिएका हुन् । पार्टीको संस्थापन पक्षबाट देउवा निर्विकल्प रुपमा संसदीय दलको नेताका लागि अगाडि आएका छन् ।संस्थापन इतरबाट नेता शेखर कोइराला कि महामन्त्री गगन थापा भन्ने अन्योल कायमै छ ।
संसदीय दलमा देउवासँग आफै भिड्ने शेखर कोइरालाको तयारी छ ।१४ औं महाधिवेशनमा देउवाका निकटतम प्रतिद्वन्द्वी कोइराला पार्टीभित्र वैकल्पिक नेताको स्थान गुमाउने पक्षमा छैनन् ।संसदीय दलमा थापालाई समर्थन गरेर जाँदा आफ्नो राजनीति संकटमा पर्ने कोइरालामा भय देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply