शिक्षा विकासको पहिलो शर्त : प्रदेश प्रमुख खापुङ

प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङले शिक्षा विकास निर्माणको पहिलो शर्त भएको बताउनुभएको छ ।

आज मोरङको उर्लाबारी नगरपालिकामा सुनपकुवा माध्यमिक विद्यालयको ६५औँ वार्षिकोत्सवमा बोल्दै उहाँले सामुदायिक विद्यालयको गुणस्तर बढाउन र विद्यार्थी तथा अभिभावकलाई आकर्षित गर्न विद्यालयले प्रविधिमैत्री शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।

सामुदायिक विद्यालयमा विशेष गरी आर्थिक अवस्था कमजोर भएका परिवारका सन्तान पढ्ने गरेको भन्दै उहाँले शैक्षिक प्रणालीलाई आवश्यताका अधारमा परिवर्तन गर्दै उत्पादनमुखी, सर्वसुलभ र प्रविधिमैत्री बनाउनुपर्ने बताउनुभयो । गरिबका छोराछोरीलाई पनि गुणस्तरीय शिक्षा उपलब्ध गराउनका लागि सङ्घ, प्रदेश र स्थानीय तहका सरकारले काम गर्नुपर्ने बताउनुभयो ।

विसं २०१४ मा स्थानीयवासीको चन्दा सङ्कलनबाट स्थापना भएको विद्यालयले ६५औँ वर्ष पूरा गरेको छ । हाल विद्यालयमा कक्षा १ देखि कक्षा १२ सम्म गरेर एक हजार तीन सय ३९ विद्यार्थी अध्ययनरत छन् । कार्यक्रम मङ्सिर २४, २५ र २६ गते तीन दिनसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply