मोटर साइकल दुर्घटनामा ज्यान गुमाएका ऐरकाे सम्झनामा दिप प्रज्वलन

धनगढी :कञ्चनपुर जिल्लाको अर्जुनी ब्यारेक अगाडि जङ्गलमा मिति २०७९-०८-२७ गतेका दिन मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा कृष्णपुर नगरपालिका वडा नम्बर ९ राजघाट निवासी २४ वर्षिया हरिश ऐरकाे मृत्यु भएको हाे । कृष्णपुर नगरपालिका ९ राजघाट अन्तर्गत रहेको रिभर साईट स्पाेर्टस क्लबको आयोजनामा बुधबार दिप : प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । कलवले राजघाट खेलमैदानमा दिप प्रज्वलन कार्यक्रमको आयोजनामा सम्वेदना श्रद्धाञ्जली व्यक्त गर्दै फाेटाेमा माला लाएर दिप प्रर्जलन गरेका हुन कार्यक्रममा कलवका अध्यक्ष रवि राेकाय, मदन राेकाय, राजेश महरा, लालबहादुर चौधरी, रमेश महरा, गणेश मल्ल, वीर बहादुर स्याडा,उमेश केशी,केशव जाेशी, युवा, महिला, बुद्धिजीवी, समाजसेवी, लगायत काे बाक्लो उपस्थिति रहेको,कार्यक्रमको संचालन मदन राेकायले गर्नु भएको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply