युक्रेन युद्धमा रुसकाे दुर्लभ स्वीकाराेक्ति– सेनाले माेबाइल चलाउँदा बर्बाद भयाे

रुसले युक्रेनसँगको युद्धमा आफ्ना ८९ जना सैनिकले एकैपटक ज्यान गुमाउनुमा मोबाइल फोन प्रयोग मुख्य कारण रहेको बताएको छ । नयाँ वर्षको पहिलो दिन भएको हमलामा ८९ जना रुसी सैनिकको मृत्यु भएको स्वीकार्दै मस्कोले मोबाइल प्रयोग त्यसको कारण रहेको बताएको हो ।

युक्रेनसँगको युद्ध अन्तर्गत एउटै घटनामा आफ्ना सैनिकले ज्यान गुमाएको रुसले स्वीकार गरेको यो अहिलेसम्मकै सबैभन्दा उच्च संख्या हो । युक्रेनले भने यो आक्रमणमा झण्डै चार सय रुसी सैनिक मारिएका र अन्य तीन सय जना जति घाइते भएका दाबी गर्दै आएको छ ।

रुसी अधिकारीहरूले धेरै जनाले मोबाइल फोनको प्रयोग गर्दा विपक्षी सेनाले अवस्थिति थाहा पाउने मौका पाएका कारण क्षति व्यहोर्नुपरेको जनाएका बीबीसीले उल्लेख गरेको छ ।

रुसले जारी गरेको विज्ञप्तिमा उक्त घटनाको अनुसन्धान गर्न एक समिति गठन गरिएको समेत जनाइएको छ । रुसले यति ठूलाे क्षति भएकाे स्वीकार गर्नुलाई दुर्लभ घटनाका रूपमा लिइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply