टाइफसका कारण बैतडीमा एकजनाकाे मृत्यु

स्क्रब टाइफसकाे संक्रमणका कारण बैतडीमा बिहीबार एक बृद्धकाे मृत्यु भएकाे छ । मृत्युु हुनेमा दाेगडाकेदार गाउँपालिका ६ गाैकुराका ६८ वर्षीय शाेभान सिंह भण्डारी रहेका जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डाक्टर भानु चालिसेले जानकारी दिनुभयाे । उच्च ज्वराे आएर बुधबार जिल्ला अस्पताल आएका बृद्धकाे स्वास्थ्य चेकजाँच गर्दा स्क्रब टाइफसकाे संक्रमण देखिएकाे थियाे । यसका साथै ती बृद्धकाे रगतमा अक्सिजन कमी र मृगौला इन्जुरीकाे समस्या पनि देखा परेकाे डाक्टर चालिसेले बताउनुभयो । अक्सिजनकाे कमी र थप उपचारको लागि आइसियु आवश्यकता पर्ने देखिएपछि धनगढी रेफर गरिएकाेमा बाटाेमै उहाँको मृत्यु भएकाे आफन्तले बताएका छन् । माइट नामक किर्नाको टोकाइबाट स्क्रब टाइफस हुने गर्दछ। झाडी, झ्याङ भएका ठाउँमा माइट बस्ने भएकाले सकभर त्यस्तो ठाउँमा नबस्न र सरसफाइमा बिशेष ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीकाे आग्रह छ । स्क्रब टाइफसको संक्रमण भएमा धेरै ज्वरो आउँछ । टाउको दुख्ने, पसिना धेरै आउने, छाला चिलाउने, आँखा रातो हुँदै जाने, निम्फोग्राफी सुन्निने जस्ता लक्षण देखा पर्न थाल्छन् । बिस्तारै खोकी लाग्ने, पेट दुख्ने, पखाला लाग्ने, श्वासप्रश्वासमा अवरोध आउने जस्ता समस्या बढ्न थाल्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply