बझाङमा पुनः भूकम्पको धक्का महसुस

बझाङमा पुनः भूकम्पको धक्का महसुस गरिएको छ। गएराति १०ः०३ बजे ४.६ म्याग्निच्युडको भूकम्प गएको हो।

गत असोज १६ गते दिउँसो ३ः०६ बजे बझाङको चैनपुर केन्द्र गरी ६.३ म्याग्निच्युडको भूकम्प जाँदा १ जनाको मृत्यु भएको थियो। २१ जना घाइते बनेका थिए। यस्तै ६ हजार ४ सय ८४ घरमा आंशिक क्षति पुगेको थियो। ३ हजार ५ सय २४ घरमा समान्य क्षति पुगेको बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए।

उनका अनुसार १ सय २३ सरकारी कार्यालयमा पूर्ण क्षति भएको छ। १ सय ५२ सरकारी कार्यालयमा आंशिक क्षति पुगेको छ। जलविद्युत आयोजना लगायतका अन्य ५० वटा अन्य संरचनामा क्षति पुगेको छ।

अझै क्षतिको तथ्यांक संकलनको काम जारी रहेको र केही तथ्यांक संकलन भएर प्रशासनका आइरहेको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए।

त्यसयता ४ म्याग्निच्युडभन्दा माथिका १७ परकम्प गएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply