कञ्चनपुर भन्सार छलीका समान सहित गड्डाचौकीका जोशी पक्राउ

भन्सार चोरीछलीका गैर कानुनी समान राखेका भीमदत्त नगरपालिका ११ गड्डाचौकीका एक युवक पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भन्सार नतिरेरै झण्डै १लाख, ७४ हजार ५सय बराबरको समान घरमै राखेका जोशीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रकास डाँगीले गड्डाचौकीका देवराज जोशीले घरमै राखेको अवैध समान सहित बरामद गरिएको बताए । जोशीलाई पक्राउ र समान बरामद गरिएको प्रवक्ता डाँगीले बताए । पछिल्ला दिनमा कञ्चनपुर प्रहरीले भन्सार चोरी तस्करी बिरुद्ध निर्मम अप्रेसन चलाएको छ । विगतमा प्रहरीले तस्कर समुहबाट महिनावारी लाईन लिने र अहिले नलिएर धमाधम भन्सार चोरीछली बिरुद्धमा प्रहरीले एक्सनमा उत्रिएको स्थानीयको भनाई छ । भन्सार चोरीछलीका समान नियन्त्रण कार्य निरन्तर हुनुपर्ने स्थानीयको सुझाव छ । कोही भन्सार छलेर मोटाउने कोही तिरेर दुब्लाउने प्रवृति अन्त्य हुनुपर्नेमा जोडदिईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply