कञ्चनपुर प्रहरी भन्सार चाेरी छली विरूद्व कडा रूपमा उत्रीए संगै फेरि सात लाख बढिका अबैध समान बरामद

कञ्चनपुर प्रहरी भन्सार चाेरी छली विरूद्व कडा रूपमा उत्रीए संगै फेरि सात लाख बढिका अबैध समान बरामद गरेकाे छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भिमदत्त नगरका फरक-फरक स्थानबाट सात लाख बढिका भन्सार छलीका अबैध समान बरामद गरेकाे हाे ।

विभिन्न मितिमा भिमदत्त नगरपालीका वडा नं- ०४ बसपार्क र गोवरियाबाट भन्सार छली गरी ल्याएर लुकाई छिपाई राखिएका अन्दाजी ७ लाख ३७ हजार ३ सय पचास रूपयाँ बराबरका बिभिन्न किसिमका लेडिज सुट,कुर्ति सेट,कोट कपडा,चिनी, मिश्री,गुड लगायतका सामानहरु कानुन बमाेजिम बरामद गरेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ ।

बरामद गरिएका सबै समानलाई आज (शुक्रबार) आवश्यक कार्वाहिका लागि भन्सार कार्यालय गड्डाचौकी पठाईएको कञ्चनपुर प्रहरीले बताएकाे छ ।

कञ्चनपुर प्रहरी प्रमुख एसपि कमल थापा नेतृत्वकाे प्रहरीले भन्सार छली, तस्करी, समाजिक विकृति र अपराध नियन्त्रणमा निर्मम भएर उत्रीए संगै अहिले सम्म अबैध समान बरामद गरेर कराेडाै मुल्य बराबरकाे राजस्व बृद्वि गर्न सफल भएकाे छ ।

प्रहरीले पछिल्लो समयमा राम्रो कार्य गरिरहेकाे भन्दै सबैतिर चर्चा पाईरहेकाे देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply