बैतडीमा किशोरी बलात्कारकाे आराेपमा नाबालक पक्राउ

बैतडीमा एक किशोरी बलात्कृत भएकी छन्। बलात्कृत हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिकाकी १८ वर्षीया किशोरी रहेकी छन् । किशोरी बलात्कारकाे आराेपमा पञ्चेश्वरकै १७ वर्षीय नाबालक प्रकाउ परेका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी,प्रहरी निरीक्षक याेगेश खत्रीले जानकारी दिनुभयाे । पक्राउ परेका किशोरले किशोरीलाई असार २७ र भदौ २३ गते राति घरमै बोलाएर जबरजस्तीकरणी गरेको आराेप छ । पीडित किशोरी बलात्कारपछि गर्भवती भएपछि पाेल खुलेकाे हाे । पक्राउ परेका किशोरमाथि जवरजस्तीकरणी मुद्दा दर्ता भएर जिल्ला अदालतबाट ५ दिनको म्याद थपिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply