टिम क्वालीटीको दोस्रो जित, प्रदीप उत्कृष्ट

टिम क्वालीटी कैलपालले बैतडीमा जारी तेस्रो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । सोमबार पहिलो खेलमा दशरथचन्द स्मृति प्रतिष्ठानलाई ३८ रनले पाखा लगाउदै कैलपालले दोस्रो जित निकालेको हो । यसअघि आइतबार पहिले खेलमा मेलौली नगरपालिकालाई १२१ रनले स्तब्ध पार्दै कैलपालले सुखद सुरूआत गरेको थियो ।
सोमबार जितका लागि पाएको १८३ रनको लक्ष्यसहित मैदान उत्रेको प्रतिष्ठानले १५ ओभरमा ७ विकेट गुमाएर १४४ रन मात्रै बनाउन सक्यो । उसका डम्मर तिरुवाले ६३ रनको अर्धसतकीय पारी खेलेपनि जितका लागि प्रयाप्त भएन । कैलपालका आकास चन्द, दिपक चन्द र लोकेन्द्र चन्दले समान दुई÷दुई विकेट लिए । त्यसअघि श्रीकृष्ण खेल मैदान, पाटनमा टस जितेर पहिला ब्याटिङ गरेको कैलपालले निर्धारित १५ ओभरको समाप्तीमा ५ विकेट गुमाएर १८२ रन बनायो । जसमा प्रदिप चन्दले अर्धसतकीय पारी खेल्दै ६९ रनको पारी खेले । उनी म्यान अफ दी म्याच समेत चुनिएका स्कोरर दीपेन्द्रबहादुर बोहराले जानकारी दिए । प्रदिप यसअघि पहिलो खेलमा पनि म्यान अफ दी म्याच भएका थिए ।

सोमबारनै भएको दोश्रो खेलमा टस जितेर ब्याटिङ गरेको सहस्त्रलिङ्ग क्रिकेट क्लब भुमेश्वर क्रिकेट क्लबका विरूद्ध १४.३ ओभरमा ८७ रनमा समेटियो । भुमेश्वरले ८८ रनको विजय लक्ष्य ६.२ ओभरमा भेट्टायो । भुमेश्वरको जितमा ४५ रन जोडेका केशव टेर म्यान अफ द म्याच भए ।

यस्तै सामबारनै भएको अन्तिम खेलमा मेलौली नगरपालिकाले ग्वाल्लेक क्रिकेट क्लबलाई ६ विकेटले स्तब्ध पारेको छ । ग्वाल्लेकको यो दोस्रो हार हो । पहिलो खेलमा कैलपाल प्रतिष्ठानसंग ८२ रनले हारेको थियो ।ग्वाल्लेकले दिएको ११२ रनको लक्ष्य मेलौलीले ११ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । मेलौलीका लागि सुनिल क्षेत्रीले २४ रन हिर्काएर एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको ग्वाल्लेकले निर्धारित १५ ओभरमा ८ विकेट गुमाएर १११ रन बनायो । यो खेलमा सुनिल क्षेत्री म्यान अफ द म्याच बन्न सफल भए ।
पाटन क्रिकेट क्लबको आयोजनामा आइतबारदेखि सुरु भएको प्रतियोगितामा १७ टोलीको सहभागीता रहेको छ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ र द्वितिय हुने टिमले ५५ हजार ५५५ रुपैया नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply