कैलालीमा बैंक खाता ह्याक गर्ने गिरोह पक्राउ

कैलालीमा बैंक खाता ह्याक गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिकाको नेपाल राष्ट्र बैंकनजिक कार्यालय नै सञ्चालन गरेर बैंक खाता ह्याक गर्ने टोलीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

प्रदेश अपराध अनुसन्धानको टोलीको लामो अनुसन्धानपछि कैलाली प्रहरीको सहयोगमा पक्राउ गरिएको प्रहरी सहायक निरीक्षक अनिल विष्टले जानकारी दिए । लामो अनुसन्धानपछि गिरोहलाई पक्राउ गर्न सफल भएको उनले बताए ।

पक्राउ परेकाहरूको नाम प्रहरीले गोप्य राखेको छ । पक्राउ परेका व्यक्तिहरूबाट प्रहरीले १० वटा ल्यापटप बरामद गरेको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply