धनगढीमा रानाथारू भाषा-साहित्य सम्मेलन २३ गते रुबस होटेलमा आयोजना गरिदै

धनगढी – प्रथम “रानाथारू भाषा-साहित्य सम्मेलन २०८०” यहि मिति २०८० मंसिर २३ गते शनिबार धनगढीको रुबस होटेलमा आयोजना हुदै, राना कला संस्कृति संरक्षण तथा विकास मञ्चको आयोजनामा कैलालीको धनगढीमा प्रथम रानाथारू भाषा-साहित्य सम्मेलन हुने भएको छ ।
शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै मञ्चले मङ्सिर २३ गते रुबस होटेलमा सम्मेलन गरिने जनाएको छ ।
कार्यक्रममा नेपाल तथा भारतबाट समेत रानाथारु बुद्धिजीवी, रानाथारु भाषाका ज्ञाता, लोक साहित्यकार (मोठी), रानाथारू भाषासँग निकट सम्बन्ध भएका साहित्यकार, इतिहासविद्, भाषा विद्हरूलाई आमन्त्रित गरिएको कार्यक्रम संयोजन पदम बहादुर रानाले जानकारी दिए ।
विश्वव्यापकताको प्रभावले हिन्दी, नेपाली, भोजपुरी, अङ्ग्रेजी जस्ता थुप्रै भाषाको प्रभाव मौलिक भाषामा परिरहेको प्रत्यक्ष प्रभाव विश्लेषण तथा न्यूनीकरण लगायत मौलिक शब्द रक्षाको लागि समेत विभिन्न लेखोट, शिलालेख, पुस्तक प्रकाशन तथा विभिन्न अनुसन्धान, लोकगीत सङ्गीतको संरक्षण सँगै रानाथारु भाषाको मौलिकता एवं एकरूपतामा जोड दिइने रानाले बताए ।
कार्यक्रममा रानाथारु भाषाका गीत, कविता, साहित्यिक रचना वाचन लगायत रानाथारु भाषा लेखन पद्धति र व्याकरणको बारेमा गहन छलफल विश्लेषण प्रयास रहनुका साथै विविध लोक सांस्कृतिक प्रस्तुति एवं लोक स्रष्टाहरूलाई सम्मान गरिने आयोजकले जनाएको छ ।
रानाथारू भाषा लेखन पद्धति र ब्याकरणको बारेमा गहन चर्चा बिश्लेषण प्रयास रहनुका साथै बिबिध लोक साँस्कृतिक प्रस्तुत र लोक स्रस्टा सम्मान रहने संयोजक रानाले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply