बैतडीमा जारी २० औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगितामा एनआरवाइसी टिम सेमिफाइनलमा पुगेको छ । आज सम्पन्न लिग चरणकाे खेलमा नवजागृती क्रिकेट क्लबमाथि २३२ रनकाे बिशाल जित निकाल्दै एनआरवाइसी सेमिफाइनलमा पुगेको हाे । जितका लागि पाएकाे ३५३ रनकाे विशाल लक्ष्य पन्छाएकाे नवजागृती ३०.१ ओभरमा १२० रनमा समेटयाे। उसका सुरज ठगुन्नाले १८ र दीपक भण्डारीले १७ रन जाेडे । एनआरवाइसीका लागि सुरज बाेहरा र मदन चन्दले ३/३ विकेट हात पारे । यसअघि दशरथचन्द खेलमैदान, सुन्दरखालीमा टस जितेर ब्याटिङ गरेको एनआरवाइसी ४७.३ ओभरमा ३५२ रनमा अलआउट भयाे । जसमा डम्मर तिरूवाले शतकीय पारी खेल्दै ११३ रनमा अविजित रहे । यस्तै आकाश चन्दले ५५ र नरेश चन्दले ५१ रनकाे याेगदान गरे । नवजागृतीका पञ्कज लुहारले ४ र रमेश बाेहराले ३ विकेट हात पारे । एनआरवाइसीका डम्मर तिरूवा म्यान अफ द म्याच भएका स्काेरर तीलक बाेहराले जानकारी दिनुभयो । हारसंगै नवजागृती लिगचरणबाट घर फर्किएको छ । बैतडी जिल्ला क्रिकेट संघकाे आयोजनामा मंसिर १६ गतेदेखि शुरू भएको प्रतियोगितामा १३ टाेलीकाे सहभागीता रहेकाे छ । प्रतियोगितामा सहभागी हुने १३ टाेलीलाई चार समूहमा विभाजन गरि खेलहरू भइरहेका बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेद बहादुर चन्दले जानकारी दिनुभयो । यो बर्ष बिडिसिए कप वान डे फम्र्याटमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ । विगत बर्षहरुमा टी–२० फम्र्याटमा सञ्चालन हुँदै आएको प्रतियोगिता यो बर्ष ५० ओभरमा भइरहेकाे बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बाेकटीले बताउनुभयाे । प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ । प्रतियाेगिताले क्रिकेटकाे विकासका साथै खेलाडी उत्पादनमा सहयाेग पुग्ने विश्वास गरिएको छ ।
१९ औं संस्करणको उपाधि पञ्चकाेटी क्रिकेट क्लबलाई १२९ रनले स्तब्ध पार्दै निङलाशैनी क्रिकेट क्लबले हात पारेकाे थियो ।
