साना किसान कृषि सहकारीको ११औँ साधारणसभा सम्पन्न

सरस्वती सुनार
२२ मंसिर
कञ्चनपुर – कृष्णपुर नगरपालिका ८ विचवामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड,को ११ औं वार्षिक साधारणसभा विणा माद्यामिक विद्यालयको प्राङ्गणमा शनिबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष जय सिंह बिष्टकाे अध्यक्षतामा भएको साधारणसभामा प्रमुख अतिथि कञ्चनपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवं पुर्व परराष्ट्रमन्त्री माननीय एनपी साउदले एक कार्यक्रमका बीच साधारण सभाको उद्द्घाटन गर्नुभयो ।

साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष जय सिंह बिष्टले पेश गरेको आर्थिक वर्ष २०८०/ ०८१ को वार्षिक प्रगति प्रतिवेदन सर्वसम्मतले पारित भएको छ ।
कार्यक्रममा संस्थाका प्रबन्धक हिरा कुमारी बाेहराले आर्थिक तथा लेखा समिति संयोजक अप्सरा खड्काले संस्थाको लेखा प्रतिवेदन पेश गर्दै संस्था बलियो र सबल तथा सक्षम बन्दै गएको बताईन् ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि एनपी साउदले सहकारीहरुको भिडमा साना किसान कृषि सहकारी संस्थाले सामाजिक तथा कृषि क्षेत्रमा लगानी प्रवाह गरी आफुलाई अब्बल बनाउन सफल भएको भन्दै संस्थाको प्रशंशा गरेका थिए । साना किसान कृषि सहकारीले यस क्षेत्रमा रहेका स–साना किसानहरुको पुजीलाई संकलन गरि उनीहरुको जिवनस्तर सुधार गर्नमा महत्वपुर्ण भूमिका खेलेको बताउनुभयो । सेयर सदस्यले थोरै थोरै पैँसा बचत गदैँ ठूलो पुँजीको रुपमा वृद्धि भएर आयआर्जन गर्न सहकारीको भुमिका महत्वपुर्ण रहदै आएको बताउँदै बचत मात्रै नभएर उत्पादनमुलक क्षेत्रमा बढी लगानी गर्न सके आर्थिक विकास सम्भाव हुने बताउनुभयो । उहाँले जनताको जिवनस्तर उकास्न सहकारीले कृषि क्षेत्रमा बढी लगानी गर्न जोड दिनुभयो । विदेशी आयतित वस्तुहरुको प्रयोगलाई निरुत्साहित गर्दै स्नायीय स्तरमा उत्पादित वस्तुहरुको उत्पादनलाई प्रोत्सहन गर्दै यस क्षेत्रमा नै खपत गर्नसके जनताले चाहेको जस्तो आर्थिक विकास सम्भाव हुने बताउनुभयो ।

साधारणसभामा बोल्दै विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय गिता चौधरीले आम महिला दिदीबहिनीहरुको जीवनस्तर उकास्ने काममा संस्था निरन्तर लागिरहनु प्रशंसनीय रहेको भन्दै साना किसान सहकारीले समुदायमा आधारित रहेर उल्लेखनीय कार्य गरेको बताइन् ।

साे अवसरमा विशिष्ट अतिथि कृष्णपुर नगरपालिका नगर उपप्रमुख द्राेपती राना, साना किसान शाखाका कृष्ण गाेविन्द ढुङगेल,कृष्णपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष दिनेश खड्का, कृष्णपुर ७ का वडा अध्यक्ष घुम्न राना,विभिन्न पार्टीका प्रतिनिधि समाजसेवी बुद्धिजीवी, शिक्षक लगायतले बोल्दै संस्थाले अन्य सहकारीको बीचमा आफुलाई नमुना र अब्बल बनाउन सफल भएको भन्दै खुसी व्यक्त गरेका थिए ।

१८ सय ३४ जना शेयर सदस्यरहेको संस्थामा ५ पुरुष र १८ सय ३४ जना महिला रहेको सहकारीमा ३५० वटा समूह मार्फत समुहगत रुपमा कृषि कार्यमा उत्प्रेरित गर्दै आवश्यक पर्ने ऋण उपलब्ध गराउनुका साथै शेयर सदस्यहरुलाई आवश्यक पर्ने मल, बीउ, तालिम, कृषि सामाग्रीहरु समेत उपलब्ध गराउँदै आएको छ ।

संस्थाको शेयरपुँजी २ करोड १ लाख ४९ हजार २सय छ ऋण लगानी ११ करोड २४लाख ८० हजार रुपैयाँ रहेको छ भने सहकारी को कुल निक्षेप ५ करोड ४६ लाख ९२ हजार रहेको छ ! सहकारी ले ६५ लाख २१ हजार ७ सय ९०रुपैयाँ नाफा कमाउन सफल भएको प्रवन्धक हिरा कुमारी बाेहराले साधारणसभामा जानकारी दिनुभयो

कार्यक्रममा जेष्ठ र अपांगता भएकालाई दोसल्ला र मायाको चिनो तथा सम्मान पत्र प्रदान अधिकतम बाल बचत गर्ने बालबालिकाहरु, उत्कृष्ट व्यवसायी, सहकारीमा आबद्ध भै अब्बल काम गर्ने विभिन्न समूहलगायतलाई सम्मान गरिएको थियो ।

संस्थाका उपाध्यक्ष ईश्वरी भाटले स्वागत तथा संस्थाका कर्मचारी विक्रम खड्काले कार्यक्रम को सञ्चालन गर्नुभएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply