न्यु अर्लिन्समा सवारी साधनले भीडलाई ठक्कर दिँदा १० जनाको मृत्यु, ३० घाइते

पुष १७ धनगढी
अमेरिकी शहर न्यु अर्लिन्सको एक लोकप्रिय पर्यटकीय क्षेत्रमा एउटा सवारी साधनले भीडलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु भएको र ३० जना घाइते भएको उक्त शहर प्रशासनले जानकारी दिएको छ ।

आपत्कालीन अधिकारीहरूले घटनाको समय उल्लेख गरेका छैनन् तर फ्रेन्च क्वार्टर भनिने त्यो क्षेत्रमा नयाँ वर्षको उत्सव मनाउने मानिसहरूको घुइँचो हुने गर्दछ ।

अमेरिकी सञ्चारमाध्यम सिबिएस न्युजले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै एउटा ट्रकले ‘उच्च गतिमा’ भीडलाई ठक्कर दिएपछि त्यसको चालक बाहिर हाम फालेर हतियार चलाउन थालेको र प्रहरीले पनि जवाफी फायर गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply