पुष १७ धनगढी
अमेरिकी शहर न्यु अर्लिन्सको एक लोकप्रिय पर्यटकीय क्षेत्रमा एउटा सवारी साधनले भीडलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु भएको र ३० जना घाइते भएको उक्त शहर प्रशासनले जानकारी दिएको छ ।
आपत्कालीन अधिकारीहरूले घटनाको समय उल्लेख गरेका छैनन् तर फ्रेन्च क्वार्टर भनिने त्यो क्षेत्रमा नयाँ वर्षको उत्सव मनाउने मानिसहरूको घुइँचो हुने गर्दछ ।
अमेरिकी सञ्चारमाध्यम सिबिएस न्युजले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै एउटा ट्रकले ‘उच्च गतिमा’ भीडलाई ठक्कर दिएपछि त्यसको चालक बाहिर हाम फालेर हतियार चलाउन थालेको र प्रहरीले पनि जवाफी फायर गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1