पुष २१ धनगढी
नेकपा माओवादी केन्द्रले विशेष महाधिवेशन नगर्ने भएको छ । पार्टीको आइतबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले विशेष महाधिवेशनमा नजाने बरु यही बैठकबाट महाधिवेशनको मिति घोषणा गरेर अघि बढिने बताएको एक नेताले बताए ।
पार्टीभित्र विशेष महाधिवेशनको माग भइरहेको बेला प्रचण्डले भने महाधिवेशनमा जाने प्रस्ताव बैठकमा पेस गरेका हुन् । ‘महाधिवेशनको मिति यही केन्द्रीय समितिको बैठकले कहिले गर्ने भन्नेबरो निर्णय गर्छ’, प्रचण्डले भने, ‘ त्यसपछि कमिटीलाई आयोजक समितिमा रूपान्तरण गर्ने कि के गर्ने भन्नबारे पनि यही बैठकले निष्कर्ष निकाल्छ ।’ तर आयोजक समिति बनाउँदा बढी व्यवहारिक हुन्छ भन्ने आफूलाई लागेको प्रचण्डको भनाइ थियो ।
प्रचण्डले पार्टीका नेता कार्यकर्ता पुँजीवादी यात्रातर्फ अग्रसर भएको जस्तो देखिएको उल्लेख गर्दै यसलाई सच्याउन जरुरी रहेको निष्कर्ष समेत बैठकमा सुनाएको ती नेताको भनाइ छ ।
‘हामी दायाँतर्फ गइराखेको, अलि दक्षिणपन्थीको यात्राबाट यो पार्टीलाई वामपन्थतिर या पुँजीवादी यात्रातर्फ अघि बढ्न खोजेकोलाई समाजवादी यात्रातर्फ फर्काउने जमर्को नै प्रस्तावको सार हो भनेर बुझ्नुहोला’, प्रचण्डले आफ्नो निष्कर्ष सुनाउँदै भने ।
उनले आफ्नो प्रस्तावबारे सोमबार छलफल अघि बढाइने र सबै केन्द्रीय सदस्यलाई सटिक रूपमा आफ्नो कुरा राख्न समेत निर्देशन दिएका छन् । बैठक सोमबार बिहान ११ बजेदेखि पुनः सुरु हुनेछ ।
याे पनि
उमेरहदले बिदा भएका विद्यार्थी नेतालाई उचित जिम्मेवारी दिने प्रचण्डको प्रस्ताव
माओवादीले निष्क्रिय केन्द्रीय सदस्यहरूलाई हटाउने
केन्द्रीय समितिमा प्रचण्डले भने–विशाल कमिटी चुनौती र अवसर दुवै हो