माघ ७ धनगढी –
एक व्यक्तिमाथि प्रहरीले निर्घात कुटपिट गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसबारे सर्वत्र चासो आइरहेकोमा सत्यतथ्य पत्ता लगाउन अनुसन्धान थालेको चितवन प्रहरी जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रले घटना छानबिनका लागि डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए । घटना भएको लोकेसन भेरिफाइ गरिरहेको र भेरिफाइ भइसकेपछि घटनाबारे जानकारी गराउने उनले बताए ।
रातको समयमा भरतपुरको बाइपास रोड क्षेत्रमा प्रहरीले मोटरसाइकल चेकिङ गरिरहेको भिडियोमा देखिन्छ । त्यहीबेला प्रहरीले ‘फोन गर्ने ?’, ‘माथिको पावर देखाउने ?’ ‘कसलाई फोन गर्छस् गर भन्ने आवज समेत भिडियोमा छ। ती व्यक्तिलाई लात्तैलात्ताले कुटेको गरेको देखिन्छ । ती युवक लडिसकेपछि पनि उनले गाली गर्दै लात्ती प्रहार गरिरहेको देखिन्छ ।भिडियोको यथार्थ पहिचान गरेर सम्बन्धित प्रहरीमाथि प्रहरी ऐन अनुसार कारबाही हुन्छ,’ एसपी मिश्रले भने ।