माघ १० धनगढी
थारू समुदायको हराउँदै गएको लोककला, रीति संस्कृति, संरक्षण सम्बद्र्धन तथा पहिचान बचाउनका लागि मजगाउँमा माघ महोत्सव २०८१ हुने भएको छ ।
‘संस्कृति संरक्षण, स्थानीय पर्यटन ओ आधुनिक कृषि प्रर्वद्धनके लाग एकजुट हुइ’ भन्ने मुल नाराका साथ गोदावरी नगरपालिका–८ मझगाउँमा तीनदिने माघ महोत्सव आयोजना हुने भएको हो ।
थारू कल्याणकारिणी सभा गोदावरी नगर समिति,बरघर भलमन्सा नगर समितिको आयोजना,मझगाउँ थारु सामुदायिक होमस्टे र न्यू खुँटिया चारपाटे युवा क्लबको सहकार्यमा महोत्सव आयोजना हुने बिहीबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
महोत्सव यही माघ १२, १३ र १४ गते आयोजना गरिन लागेको थारु कल्याणकारिणी सभा गोदावरी नगर अध्यक्ष जनकलाल चौधरीले बताए । उनले थारू समुदायको लोककला, रीति संस्कृति,रीतिरिवाज, चालचलन बोलीभाषा संरक्षण सम्बर्धनका लागि महोत्सव आयोजना गर्न लागेको बताए ।
‘थारू समुदायको पहिचानसँग जोडिएका लोककला, रीतिरिवाज,संस्कृति,चालचलन, बोलीभाषा, लवाई खवाई दिन प्रति दिन हराउँदै गएको छ, त्यसलाई संरक्षण सम्बर्धनका लागि महोत्सव आयोजना गरिन लागेको हो’,उनले भने ।
थाकस कैलालीका पूर्व कार्यबाहक सभापति माधव चौधरीले थारू समुदायको संस्कृति संरक्षण तथा ऐतिहासिक वस्तुहरु जगेर्ना गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिन लागेको बताए । उनले स्थानीय पर्यटन,आधुनिक कृषि प्रवर्धन र पर्यावरण संरक्षणका लागि पनि महोत्सव आयोजना गरिन लागेका बताए ।
उनले सबै समुदायका लोककला,संस्कृतिको जगेर्ना गर्न महोत्सवले समाजको लागि सकारत्मक भूमिका खेल्ने बताए।
महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गर्ने आयोजकले जानकारी दिएको छ । महोत्सवमा स्थानीय झाँकीहरू प्रदर्शनका साथै थारू राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने जनाइएको छ । निशाना न्युज बाट