दोहोरो अंकले बढ्यो नेप्से, साढे १४ अर्बको सेयर किनबेच

फागुन २८
बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।

नेप्से २३.८७ अंकले बढेर २८२०.४४ विन्दुमा बन्द भएको छ।

नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

बुधबार १३ अर्ब १८ करोड रूपैयाँको कारोबार भएकोमा बिहीबार १४ अर्ब ५५ करोड रूपैयाँमा पुगेको छ।

यसदिन ३३५ वटा धितोपत्रको चार करोड १६ लाख ८६ हजार ४०५ कित्ता सेयर किनबेच भएको हो।

बिहीबार १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७७ वटाको घटेको छ। यस्तै, नौ कम्पनी स्थिर छन्।

यसदिन साल्पा विकास बैंकको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।

उक्त कम्पनीको प्रतिकित्ता मूल्य ९४८ रूपैयाँ ६० पैसा कायम भएको छ।

यस्तै, रिलायन्स स्पििनिङ मिल्सको सेयर मूल्य पनि १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ८९३ रूपैयाँ ३० पैसा पुगेको छ।

सर्वाधिक मूल्य घट्नेमा कुमारी सबल योजना रहेको छ।

उक्त योजनाको मूल्य ३.७२ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रूपैयाँ ५८ पैसामा झरेको छ।

यसैगरी, एनआइबिएल ग्रोथ फण्डको मूल्य ३.५४ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रूपैयाँ ५५ पैसामा सीमित भएको छ।

बिहीबार नेसनल हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता २९० रूपैयाँ १० पैसामा ६७ करोड ७९ लाख बराबरको सेयर कारोबार भएको हो।

यो मूल्य अघिल्लो दिनको तुलनामा ९.९७ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा एचआइडिसिएलको संस्थापक सेयर रहेको छ। उक्त कम्पनीको २२० रूपैयाँमा ५६ करोड ८३ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ।

यसमध्ये बैंकिङ समूहको परिसूचक सर्वाधिक २.०२ प्रतिशतले बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply