कक्षा १० का विद्यार्थीहरूको विदाई

हेमा भट्ट
फागुन २३ धनगढी
कृष्णपुर नगरपालिका ९ राजघाट स्थित रहेको पञ्चाधीन मावि स्कुलबाट एसईई परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई विदाई गरिएको छ । विद्यालयमा शुक्रबार आयोजित एक समारोहका विच शैक्षिक शत्र २०८१ को एस.ई.ई. परीक्षामा सहभागी हुन लागेका विद्यार्थीहरुलाई विदाइ गरिएको हो ।

कक्षा ९ का विद्यार्थी कुनाल चौधरीको अध्यक्षता तथा विद्यालयका ब्यबस्थापन अध्यक्ष भाेज बहादुर विकको प्रमुख आतिथ्यतामा शुक्रबार आयोजित एक समारोहका विच उनीहरुलाई विदाइ गरिएको विद्यालयले जनाएको छ ।

कक्षा ९ का विद्यार्थीहरुद्वारा आयोजित कार्यक्रममा कक्षा १० का विद्यार्थीहरुलाई टीका, माला ,खादा र मायाको चिनो दिएर विदाई गरिएको विद्यालयले जानकारी गराएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि विकले विदाई हुन लागेका विद्यार्थी भाइ बहिनीको उज्ज्वल भविष्यको कामना गर्नुका साथै आफूले आर्जन गरेको ज्ञान र सिपलाई दैनिक जीवन र व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिए । उनले विद्यार्थीले शिक्षासँगै समाजका हरेक क्षेत्रमा अब्बल हुने गरी काम गर्न शुभकामना व्यक्त गरे ।

शिक्षक गणेश दत्त भट्टले विद्यार्थीहरु परिक्षामा अनुशासित भइ निर्धक्कसंग परिक्षा दिइ राम्रो अंक ल्याइ अरु विद्यार्थी भन्दा राम्रो भइ अगाडि बढन आग्रह गरे ।

कार्यक्रमका शिक्षिका पार्वती खड्काले विदाई हुन लागेका विद्यार्थी भाइ बहिनीको उज्ज्वल भविष्यको कामना गर्नुका साथै निर्धक्क भई कसैको डर नमानी न आत्तिएर आफूले आर्जन गरेको ज्ञान र सिपलाई दैनिक जीवन र व्यवहारमा लागु गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

मायाको चिनो ग्रहण गर्दै कक्षा १० का विद्यार्थीहरुले आफूहरुलाई विदाई गरेकोमा धन्यावाद ज्ञापन गर्दै आफूहरु जहा र जुन अवस्थामा भएतापनि यस विद्यालय प्रति सदैव माया रहीरहने बताइन् । विधालयको वातावरण राम्रो भएकाले कुनै कठिनाई महशुस नभएको कक्षा १० का विद्यार्थीहरुले बताएका छन् ।

कार्यक्रममा एसइई परीक्षामा सहभागी हुने विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामाना सहित विदाई गरिएको छ ।उक्त अवसरमा विद्यार्थीहरुले गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यालयका शिक्षकहरु माेहन देव भट्ट,रामबहादुर महरा, घनश्याम खड्का,चेतराज जाेशी,भरत राज जाेशी, पार्वती खड्का,दुर्गा फुलारा,पुष्पा महरा,ज्याेती मल्ल,सावित्री भट्ट,सम्झना बस्नेत,दिपा जाेशी, चित्रा भट्ट,रुपा सुनार,गाेविन्द साउद,आशिष भट्ट,कमला बस्नेत,का.स.भरत नेपाली लगायतले विदाई हुन लागेका विद्यार्थी भाइ बहिनीको सुन्दर भविष्यको कामनासहित मन्तव्य व्यक्त गरे ।

शिक्षक दिपा जाेशी द्वारा संचालित कार्यक्रममा स्वागत कक्षा नौ की छात्रा मनिषा भट्टले गरेकी थिइन् । कार्यक्रममा विद्यालयका शिक्षक शिक्षिकाहरू लगायत विद्यार्थीहरूको सहभागिता रहेको थियो । विद्यालयले विद्यार्थीको मनोबल बढाउनको लागि प्रत्येक साल बिदाई कार्यक्रम गर्दे आएको छ । उपस्थितसम्पूर्ण अतिथिहरुलाई छात्रा तुलसी वमले धन्यवाद ज्ञापन गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply