अस्थायी ट्राफिक प्रहरी पोस्ट को एस पि खनाल द्वारा उद्घाटन

गणेश क्षेत्री /
फागुन २४ धनगढी
लुम्बिनी प्रदेश मा अस्थायी ट्राफिक प्रहरी पोस्ट राजापुर को नवनिर्मित भवनको आज एक कार्यक्रम का बिच जिल्ला प्रहरी कार्यालय बर्दिया का एस पि ले उद्घाटन गरेका छन्

जिल्ला प्रहरी कार्यालय गुलरिया का प्रहरी उपरीक्षक ( एस पि ) केदार खनाल ले ४ लाख ५० हजार मा नवनिर्मित भवन को उद्घाटन गर्नुभएको हो

नवनिर्मित भवनको उद्घाटन गर्दै एस पि खनाल ले प्रहरी हवल्दार को अगुवाईमा बनेको जिल्लाको पहिलो भवनको उद्घाटन गर्न पाउँदा खुशी भएको बताउदै सकारात्मक सोचका साथ गरिने कार्यमा सबैको सहयोग रहने हुनाले अन्य प्रहरी ले पनि सकारात्मक र रचनात्मक कार्य गर्न सिक्नुपर्ने बताउनुभयो

अर्का एसपि राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय प्रमुख स्याम बहादुर खत्री ले राम्रो कार्य गर्न सानो र ठुलो दर्जा नहुने बताउँदै हवल्दार देबेन्द्र बहादुर साउद ले दुर्घटना न्यूनीकरण गर्न खेलेको भुमिकाको प्रसंसा गर्नुभयो

प्रहरि हवल्दार देबेन्द्र बहादुर साउँदले बिभागले तोकेको जिम्मेवारी ,अनुशासित , कर्तब्य निष्ठ ,ईमानदार , ट्राफिक ब्यवस्थापन , दुर्घटना न्यूनीकरण गर्न खेलेको भुमिका र ३ कोठे पक्कि भवन निर्माण गर्न खेलेको भुमिका को कदर गर्दै इलाका प्रहरी कार्यालय राजापुर ले अभिलेख मा जनिने गरि सम्मानपत्र ले पुरस्कृत गरेको छ

सम्मान पछि हवल्दार देबेन्द्र बहादुर साउँदले आफुले इमान्दारीता पुर्बक गरेको कार्यको बिभाग ले मूल्याकंन ले आफ्नो मनोबल उच्च भएको बताउँदै प्रहरी संगठन प्रति सधै कर्तव्य निष्ठ रहने बताउनुभयो

नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा स्थानीय , बुद्धिजीवी , पत्रकार , ब्यापारी , सशस्त्र प्रहरी बल गुल्मका गुल्मपति , नगरपालिका का वडा अध्यक्ष लगायतको उपस्थिति रहेको थियो
कार्यक्रम को संचालन प्रहरी निरीक्षक नबिन थापा ले गर्नुभएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply