राष्ट्रिय बालबालिका नीति २०८० राय सुझाव सम्बन्धी छलफल कार्यक्रम

वैशाख १४ धनगढी

कैलालीको धनगढीमा धनगढीमा आइतबार राष्ट्रिय बालबालिका नीति, २०८० को कार्यान्वयन कार्ययोजना मस्यौदामा राय सुझाव सम्बन्धी प्रदेश स्तरीय छलफल कार्यक्रम आयोजना गरिएको छ ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको सो कार्यक्रममा सबै बालबालिकाको अधिकार सुनिश्चित गर्न बालबालिका नीति आवश्यक रहेको मन्त्री नवल किशोर साहले बताए ।

बालबालिका सम्बन्धी ऐन, नियमावली बालअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिहरुले निर्धारण गरेका मापदण्ड र मार्गनिर्देशनहरूलाई व्यवहारमा उतार्न कार्ययोजना तयार गरिएको उनले बताए ।

बालबालिकाको स्वास्थ्य, पोषण, शिक्षा, खेलकुद, संरक्षण, सहभागिता र सर्वाङ्गीण विकासमा समान र समावेशी पहुँच सुनिश्चित गर्न सो नीतिको आवश्यकता रहेको उनको भनाइ थियो ।

कार्यक्रममा गोदावरी नगरपालिकाका नगर उपप्रमुख शारदा देवी रोकायाले नीति तथ कार्यक्रमलाई प्रभावकारी रुपमा लागू गर्न सके मात्रै त्यसले पूर्णता पाउने बताइन् । बालबालिका भोलिका कर्णधार भएकोले तीन वटै तहका सरकारले बालबालिकाको क्षेत्रमा आवश्यक बजेट विनियोजन गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा सहभागीहरुले सो नीतिमा कानुनी सचेतनाका कुरा कार्ययोजनामा समेटिनु पर्नेमा जोड दिएको थिए । सो नीतिमा ९ वटा रणनीति र ९६ वटा कार्ययोजना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply