माओवादी केन्द्रका अध्यक्षसहितको टोली कैलालीमा

वैशाख १६ धनगढी
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको जागरण टोली सोमबार साँझ कैलाली पुगेको छ ।

नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी विशेष कार्यक्रम अन्तरगत थालिएको तराई–मधेश हुलाकी मार्ग जागरण अभियानको क्रममा उनीसहितको टोली कैलाली पुगेको हो ।

जागरण टोलीलाई सोमबार साँझ टीकापुर नगरपालिका ८ स्थित सत्ती कर्णाली पुलमा स्वागत गरिएको छ ।

प्रचण्डले आज झुंगामा आयोजना हुने जनसभालाई सम्बोधनपछि भजनी नगरपालिका हुँदै कैलारी गाउँपालिका ५ बैजपुर पुग्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply