स्पाइस जेटले वैशाख २७ गतेदेखि नेपालमा पुन: उडान गर्ने

वैशाख १६ धनगढी
भारतको निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी स्पाइस जेटले पुनः नेपालमा उडान गर्ने भएको छ।

स्पाइस जेटले पाँच वर्षपछि नेपालमा उडान गर्न लागेको हो।

स्पाइस जेटले कारोना महामारीपछि नेपलमा उडान बन्द गरेको थियो।

कम्पनीले वैशाख २७ गते २०८२ (१० मे २०२५) देखि नेपालका लागि दैनिक एक उडान गर्ने तालिका सार्वजनिक गरेको हो।

स्पाइस जेटको नेपालका लागि जनरल सेल्स एजेन्ट (जिएसए) मा हिमालयन ग्लोबल ट्राभल सर्भिसेस प्रालि नियुक्त भइसकेको कम्पनीले जानकारी दिएको छ।

स्पाइस जेटले दिल्लीबाट काठमाडौंका लागि १ सय ८९ सिट क्षमतायुक्त ‘बोइङ ७३७’ जहाज प्रयोग गर्ने भएको छ। यसका सबै सिट इकोनोमी क्लास हुनेछन्।

कम्पनीले प्रत्येक दिन बिहान ९:५५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने र यहाँबाट १०:५५ बजे दिल्ली फर्किने तालिका बनाएको छ।

कमपनीका अनुसार स्पाइस जेटबाट काठमाडौं–दिल्ली उडान गर्न प्रतियात्रु भाडा दर १७ हजार रूपैयाँ तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply