मुख्यमन्त्री शाहद्वारा भारतको उत्तराखण्ड प्रदेशका तीनजना मन्त्रीहरुसँग भेटघाट

वैशाख २० धनगढी
भारत भ्रमणमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार भारतको उत्तराखण्ड प्रदेशका तीनजना विभागिय मन्त्रीहरुसँग भेटघाट गरेका छन् ।

मुख्यमन्त्री शाहले वन मन्त्री सुवोद उनियाल, पर्यटन मन्त्री सतपाल महाराज र कृषि मन्त्री गणेश जोशीसँग छुट्टाछुट्टै भेटघाट गरेका हुन् ।

भेटमा वन तथा पर्यटन प्रबर्द्धन र आधुनिक कृषि खेतीका विषयमा कुराकानी भएको छ । पर्यटन प्रबर्द्धनले रोजगारीको सिर्जना र विदेशी मुद्रा आर्जनसँगै राष्ट्रिय अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्वास लिइएको थियो ।

विकास लक्ष्य हासिल गर्न र नेपाली जनताको दिगो सामाजिक एवं आर्थिक उन्नतिका लागि पर्यटन प्रबर्द्धनले महत्वपूर्ण योगदान दिनसक्ने कुरामा छलफल भएको थियो । पर्यटन मन्त्री सतपालसँग मुख्यमन्त्री शाहले धार्मिक मानसखण्ड सर्किट, आध्यात्मिक टुरिजम, ओएलनेस टुरिजमको विषयमा छलफल गरेका थिए ।

नेपालमा भौगोलिक अवस्था र मौसम अनुसारको कृषि खेती गर्ने र आधुनिक तरिकाले उत्पादन गरिएको बस्तुलाई बजारीकरणमा जोड दिनुपर्ने कृषि मन्त्री जोशी र मुख्यमन्त्रीबीच कुराकानी भएको थियो । सोही अनुसारको बीउविजन र प्राविधिक सहयोग आदान प्रदान गर्ने विषयमा छलफल भएको थियो । भेटमा नेचुरल फार्मिङ, ओर्गानिक फार्मिङ्ग उत्पादनका बिषयमा कुराकानी भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply