जेठ ६ धनगढी
धनगढीको क्याम्पस रोडस्थित एरिष्टो इङ्लिस बोर्डिङ्ग स्कुलले गरिब तथा बिपन्न परिवारका ५० जना बालबालिकालाई विद्यालय पोशाक सहयोग गरेको छ । बैजनाथ माध्यमिक विद्यालय बेलडाँडी ५, झिलमिलामा अध्ययनरत बालबालिकालाई पोशाक वितरण गरेको हो ।
ट्रयाक, ट्राउजर र टिसर्ट सहयोग गरेको एरिष्टो इङ्लिस बोर्डिङ्ग स्कुलका प्रबन्ध निर्देशक शान्ति अधिकारी क्षेत्रीले निशाना न्युजलाई जानकारी दिईन् ।
एरिष्टो इङ्लिस बोर्डिङ्ग स्कुलका प्रिन्सिपल हरि क्षेत्री र प्रबन्ध निर्देशक शान्ति अधिकारी क्षेत्रीले ५० थान विद्यालय पोशाक,त्रिपाल सेट बैजनाथ माध्यामिक बिद्यालयका प्रधानाध्यापक तीर्थराज भट्टलाई हस्तान्तरण गरेका थिए ।
आफ्नो वरिपरिका विद्यालयहरूले नियमित पोशाकका साथै ट्रयाक ड्रेस लगाएको देख्दा आफ्ना विद्यार्थीले पनि रहर गरेको तर आर्थिक अवस्था सहज नभएको अवस्थामा एरिष्टोले गरेको सहयोग निकै प्रशंसनीय रहेको प्रधानाध्यापक भट्टले बताए ।
बैजनाथ माध्यमिक विद्यालयमा करिब २ सय ७० भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् । तीमध्ये ५० भन्दा बढी बालबालिका आमाबुवा नभएका तथा अति नै विपन्न परिवारका बालबालिका अध्ययन गदै आएको विद्यालयका प्रधानाध्यापक भट्टले बताए ।
धनगढी उपमहानगरपालिका–८, क्याम्पस रोडमा अवस्थित एरिष्टो इङ्लिस बोर्डिङ्ग स्कुल शैक्षिक कार्यका साथै समाजिक कार्यमा पनि योगदान पु¥याउँदै आएको शैक्षिक संस्था हो
