असल ८ धनगढी
नेप्से परिसूचक तीन महिनापछि २६ सय मुनि ओर्लिएको छ।
गत चैत १३ गते २५७९ बाट बढ्न थालेको नेप्से बढ्दै २७२२ सम्म पुग्न सकेको थियो।
करिब दुई सातादेखि नेप्से २७ सय माथि जान र २६ सयमा अडिन संघर्ष गरिरहेपनि सफल हुन सकेन।
साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ३२.९३ अंकले घटेर २५९५.९७ विन्दुमा पुगेको हो।
यसदिन सबै समूहगत परिसूचक घटेका छन्। हाइड्रोपावर र होटेल समूहमा सबैभन्दा धैरै क्रमशः २.७८ प्रतिशत र ३.१३ प्रतिशतले घटेका छन्।
यसदिन कारोबार रकम पनि घटेको छ।
बिहीबार ११ अर्ब २३ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार नौ अर्ब १४ करोड रूपैयाँको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम दुई अर्ब नौ करोड रूपैयाँ घटेको हो।
आज ३१० वटा धितोपत्रको दुई करोड १५ लाख ४७ हजार ५५ कित्ता सेयर किनबेच भएको हो।
आइतबार २३ कम्पनीको सेयर मूल्य बढेको छ भने २२५ वटाको घटेको छ।
यसदिन जोशी हाइड्रोपावरको मूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ३४८ रूपैयाँ ६० पैसा कायम भएको छ।
यस्तै, सप्तकोशी डेभलपमेन्टको मूल्य ५.६० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३४८ रूपैयाँ ७१ पैसा पुगेको छ।
पियोर इनर्जीको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ९७७ रूपैयाँ ९० पैसामा झरेको छ।
यसैगरी, युनियन हाइड्रोपावरको मूल्य ६.२४ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ४१० रूपैयाँ ३४ पैसा कायम भएको छ।
आइतबार दोर्दी खोला जलविद्युतको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता ३५९ रूपैयाँ ९० पैसामा ७५ करोड ७३ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३.८३ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा बुटवल पावर कम्पनी रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ८३५ रूपैयाँमा ७४ करोड ५८ लाख बराबरको सेयर कारोबार भएको छ।