पुरानो बानेश्वरमा स्वास्थ्य सेवा केन्द्रको भरोसा:Neevan Welcare Center Polyclinic

खेमराज भट्ट, भाद्र ७
काठमाडौं, पुरानो बानेश्वर – काठमाडौं उपत्यकामा गुणस्तरीय र भरोसायोग्य स्वास्थ्य सेवा खोज्ने सर्वसाधारणका लागि Neevan Welcare Center Polyclinic अब विश्वासिलो गन्तव्यको रूपमा परिचित बनेको छ। “स्वास्थ्य नै सम्पत्ति हो” भन्ने मूल मन्त्रमा आधारित यस केन्द्रले रोगको उपचार मात्र नभई रोग निवारण, स्वास्थ्य सचेतना र दीर्घकालीन जीवनशैली सुधारमा समेत विशेष जोड दिएको छ।

केन्द्रका अनुभवी चिकित्सक र विशेषज्ञ टोली अत्याधुनिक उपकरणसहितको प्रयोगशालामा बिरामीको जाँच, निदान र उपचारमा समयमै सेवा उपलब्ध गराउँछन्। यही गुणले बिरामीहरूको विश्वास जित्नमा केन्द्रलाई सफलता दिलाएको छ।

विशेषज्ञ OPD सेवा
केन्द्रले Gastroenterology, Endocrinology, Cardiology, Pulmonology, Dermatology, Pediatrics, Pathology, Physiotherapy, Radiology, Psychiatry, Gynecology & Obstetrics, ENT र Orthopedics विभागमार्फत व्यापक विशेषज्ञ सेवा प्रदान गरिरहेको छ।

एकै छानामुनि विभिन्न स्वास्थ्य सेवा प्राप्त हुने सुविधा भएकाले बिरामीहरूलाई समय, लागत र श्रम बचत हुने सुविधा प्राप्त भएको छ।

अत्याधुनिक परीक्षण सुविधा
स्वास्थ्य जाँचको गुणस्तरमा कुनै सम्झौता नगर्ने उद्देश्यले केन्द्रले Pathology Lab, X-Ray, ECHO, ECG, Ultrasonography जस्ता अत्याधुनिक उपकरण मार्फत परीक्षण सुविधा उपलब्ध गराएको छ।

सही समयमै परीक्षण रिपोर्ट उपलब्ध हुनु उपचार प्रक्रियाको प्रभावकारिता बढाउने मुख्य आधार मानिएको छ।

अन्य सेवा सुविधा
समुदायमा स्वास्थ्य सचेतना र दीर्घकालीन स्वास्थ्य व्यवस्थापनमा योगदान पुर्याउन केन्द्रले Pharmacy सेवा, Vaccination, Family Planning Counseling Service समेत सञ्चालनमा राखेको छ।

यसले बिरामीलाई मात्र नभई परिवार र समुदायमा स्वास्थ्यप्रति जागरूकता फैलाउन सहयोग पुर्याएको छ।

OPD समय
आइतबारदेखि शुक्रबारसम्म नियमित OPD सेवा।
प्रमुख विशेषताहरू
अनुभवी चिकित्सक र विशेषज्ञ टोली
अत्याधुनिक उपकरणसहितको प्रयोगशाला
बिरामीमैत्री वातावरण र आत्मीय व्यवहार
रोग पहिचान र उपचारमा द्रुत तथा सही परिणाम
दीर्घकालीन स्वास्थ्य व्यवस्थापनमा विशेष ध्यान

प्रमुख चिकित्सक टोली
डा. मनीषा कोइराला — वरिष्ठ डर्माटोलोजिस्ट (त्वचा रोग विशेषज्ञ)
डा. सुरक्ष जोशी — वरिष्ठ कार्डियोलोजिस्ट (हृदय रोग विशेषज्ञ)
डा. सुमन अर्याल — वरिष्ठ साइकियाट्रिस्ट (मनोचिकित्सक)
डा. सबिना श्रेष्ठ — वरिष्ठ गाइनेकोलोजिस्ट (स्त्री तथा प्रसूति रोग विशेषज्ञ)
डा. अपर पोखरेल — वरिष्ठ ENT/बाल ENT विशेषज्ञ
डा. उज्ज्वल खत्री — वरिष्ठ रेडियोलोजिस्ट
डा. परिमल कोइराला — वरिष्ठ फिजिसियन
Neevan Welcare Center ले सुरुबाटै “सस्तो, सहज र गुणस्तरीय स्वास्थ्य सेवा सबैका लागि” भन्ने मूल मन्त्र अपनाउँदै आएको छ। यही कारणले बानेश्वर क्षेत्र मात्र नभई सम्पूर्ण काठमाडौं उपत्यकामा स्वास्थ्य सेवाको भरोसायोग्य गन्तव्यको रूपमा चिनिएको छ।

ठेगाना: पुरानो बानेश्वर, काठमाडौं
सम्पर्क नं.: 9845541619 | 01-4579955

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply