धनगढी बस दुर्घटनामा एक जनाको मृत्यु

असोज १८ धनगढी ।
धनगढीबाट पोखरातर्फ जाँदै गरेको यात्रुबाहक बस धनगढीको बोराडाँडीमा दुर्घटना हुँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित बोराडाँडीमा ग २ ख १९०७ नम्बरको बस शनिबार बिहान दुर्घटना भएको हो।

सो दुर्घटनामा घाइते भएका एक पैदलयात्री ६० वर्षी गणेश शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी राजकुमार सिंहले जानकारी दिए ।

यस्तै दुर्घटनामा परी घाइते भएकाहरूको भने उपचार भइरहेको छ। प्रहरीका अनुसार बसमा १९ जना सवार रहेका थिए। घाइतेहरुको विस्तृत विवरण खुल्न बाँकी रहेको र थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply