सुनको मूल्य चार सयले बढेर हालसम्मकै उच्च

असोज २९
स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज (२९ असोज) सुनको मूल्य प्रतितोला रु. चार सयले बढेर रु दुई लाख ४८ हजार ९०० पुगेको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु ८५ ले घटेर आज तीन हजार २४० मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो मङ्गलबार सुन प्रतितोला रु दुई लाख ४८ हजार ५०० र चाँदी प्रतितोला रु तीन हजार ३२५ मा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply