एनपीएल फाइनल : भोलि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै

मंसिर २६
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को फाइनल शनिबार हुँदैछ। फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन्। यो खेल शनिबार दिउँसो ३:३० बजे कीर्तिपुरमा सुरु हुँदैछ।

बिहीबार दोस्रो क्वालिफायरमा लुम्बिनीले विरानगर किंग्सलाई ४० रनले हराउँदै फाइनलमा सुदूरपश्चिमसँगको भेट पक्का गरेको हो। यसअघि पहिलो क्वालिफायरमा विराटनगरलाई नै ७७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनल पुगिसकेको छ।

समूह चरणमा एउटा मात्र हारको सामना गरेको सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदानमा छ। लिग चरणका सुरुवाती खेलमा कमजोर प्रदर्शन गरेर अन्तिममा जित्नै पर्ने दबाबपूर्ण ६ खेलमा सबै जित निकाल्दै फाइनल पुगेको लुम्बिनीका कप्तान रोहितकुमार पौडेल हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply