एक महिनामा ५ सय २४ जना फरार प्रतिवादी पक्राउ

पुस ६
प्रहरीले गत मंसिर महिनामा सुदूरपश्चिम प्रदेशभरी ५ सय २४ जना फरार प्रतिवादी पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी मातहत जिल्ला प्रहरी कार्यालयहरुले मंसिर महिनामा विभिन्न कसुरमा उक्त फरार प्रतिवादी पक्राउ गरेको हो ।

त्यस्तै, २ सय ५६ वटा मुद्दा दर्ता गरेकोमा चालु मुद्दाका २१४ प्रतिवादीलाई पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

सो अवधिमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक तर्फ २८ वटा मुद्दा दर्ता भएका, घरेलु हिंसा तर्फ ८० वटा उजुरी परेकोमा ६५ उजुरी मिलापत्र गरी मिलाइएको र ८ वटा उजुरी कानुनी कारवाहीको लागि अदालत पठाइएको जनाइएको छ ।

त्यस्तै,८ सय ११ वटा ठाडो उजुरी परेकोमा ७ सय ५७ वटा उजुरी फछ्र्यौट भइसकेको प्रहरीले जनाएको छ । प्रदेशमा ३१ वटा आत्महत्या भएका,१ सय ५५ जना मानिस हराएकोमा खोजतलासको क्रममा ९० जना फेला पारी आफन्तको जिम्मा लगाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सो अवधिमा १ किलो २३९ ग्राम गाँजा,२७ किलो ५८१ ग्राम चरेश र ११८ ग्राम ४३८ मिलिग्राम खैरो हेरोईन बरामद गरी लागुऔषध सम्बन्धी ५६ मुद्दा चलाइएको तथा जसमा २ महिला ८६ पुरुष पक्राउ परेको जनाइएको छ ।

त्यसैगरी मंसिर महिनामा सुदूरपश्चिम प्रदेश भरी १ हजार १२२ पटक विभिन्न समुदाय तथा विद्यालय केन्द्रित जनचेतनामुलक कार्यक्रम गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply