एमालेले प्रतिनिधिसभा समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझायो

काठमाडौ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (एमाले)ले समानुपातिक उम्मेदवारको अन्तिम बन्दसूची निर्वाचन आयोगमा पेश गरेको छ।

नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा निर्वाचन विभाग प्रमुख निरज आचार्यको नेतृत्वमा पार्टीको टोलीले आज कान्तिपथस्थित आयोगको कार्यालयमा सूची बुझाएको हो। पार्टीले पुरानो पुस्ता, नयाँ पुस्ता र समावेशी समूहलाई समेटेर बन्दसूची तयार गरेको जनाएको छ।

सूचीमा पुराना नेता रामबहादुर थापा ‘बादल’, गुरु बराल, डा. पुष्प कँडेल लगायतको नाम रहेका छन्। महिला उम्मेदवारतर्फ पद्मा अर्याल, टुका हमाल, निरुदेवी पाल, कोमल ओली, शान्ता चौधरी र भूमिका सुब्बा समावेश छन्। पिछडिएको क्षेत्रका उम्मेदवारमा गोरख बोगटी, लालबहादुर महतारा, लालबहादुर रावलसहित आठ जना रहेका छन्। अपांगता भएका व्यक्तिको प्रतिनिधित्वसमेत सुनिश्चित गरिएको छ।

युवापुस्तासँगै नयाँ पुस्ताका उम्मेदवारमा मीना बराम, मनकुमारी तितुङ, मायादेवी पोडेनी, निर्मल दौला, रामपुकार दास तत्मा, सन्तबहादुर चेपाङ र इच्छा चौधरीको नाम सूचीमा छन्। क्रान्ति बुर्लाकोटी र अनिता कन्दङ्वालजस्ता युवा नेताहरू पनि समावेश छन्।

एमाले सचिवालयको आइतबारको बैठकले अध्यक्ष केपी शर्मा ओलीको अनुमोदनपछि यो सूची अन्तिम रूपमा निर्वाचन आयोगमा पेश गर्ने निर्णय गरेको थियो। आयोगमा बन्दसूची बुझाउने आजको दिन अन्तिम भएकाले पार्टीले समयमा प्रक्रिया पुरा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply