राष्ट्रिय भलिबल : हेल्प नेपाल र नेपाल पुलिस अन्तिम चारमा

नवौं एनभीए भलिबल च्याम्पियनसिप २०८२ अन्तर्गत टिपटप हेल्प नेपाल सेमिफाइनलमा पुगेको छ।

हेल्प नेपालले अन्तिम चारमा स्थान पक्का गर्ने क्रममा बुढानिलकण्ठलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो।

हेल्प नेपाल २५-१३, २५-२३ र २५-१८ अंकले विजयी हुँदै सेमिफाइनलम पुगेको हो।

हेल्प नेपालसँगै नेपाल पुलिस क्लबले पनि सेमिफाइनलमा स्थान बनाएको छ।

पुलिसले कोशीलाई ३-० को सेटमा जित निकालेर अन्तिम चारमा स्थान पक्का गरेको हो।

पुलिसले २५-१९, २५-१७ र २५-१८ सेटमा जित निकालेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply