भद्रपुरमा विमानस्थलको रनवेमा बुद्ध एयरको विमान चिप्लियो, यात्रु सकुशल

१८ पुस

भद्रपुर विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको विमान रनवेमा चिप्लिएको छ । झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसार विमान रनवेबाट करिब १८० मिटर बाहिर पुगेको हो ।

काठमाडौं-भद्रपुर उडान सङ्ख्या ९०१ जहाज-नाइन एन-एएमएफ विमान भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट बाहिरिएको जानकारी दिँदैझापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भनेका छन्, ‘विमान अवतरणका क्रममा ‘ओभर रन’ भई घाँसेमैदानमा पुगेको हो, ५१ यात्रु र चालक दलका चार सदस्य सबै सकुशल छन् ।’

शुक्रबार (१८ पुस) साँझ ७ः०० बजे काठमाडौंबाट भद्रपुर प्रस्थान गरेको विमान ९ः४५ बजेतिर अवतरण गर्ने क्रममा उक्त घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply