सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्ने क्रम जारी, प्रतितोला कति पुग्यो?

पुस ३०
नेपाली बजारमा आज (बुधबार) पनि सुनचाँदीको मूल्य बढेको छ।

लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि मंगलबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।

उक्त दिन सुन प्रतितोला दुई लाख ७६ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७८ हजार रूपैयाँ पुगेको छ।

यो मूल्य अघिल्लो रेकर्डभन्दा प्रतितोला एक हजार पाँच सय रूपैयाँ महँगो हो।

यस्तै, बुधबार चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

मंगलबार तोलामा पाँच हजार तीन सय ४० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार पाँच हजार ६ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ४५ रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ६ सय ३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply