डा. तुलसीराम जोशीप्रति श्रद्धाञ्जली, राष्ट्रिय तुलसीराम माविमा भावुक शोकसभा

धनगढी — शिक्षा र समाजसेवामा समर्पित जीवन बिताउनुभएका प्राध्यापक डा. तुलसीराम जोशीको निधनको १३औँ दिनको पुण्यतिथिमा राष्ट्रिय तुलसीराम माध्यमिक विद्यालयमा श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ।
विद्यालयका अध्यक्ष लोकबहादुर खडकाको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा सदस्य माया भण्डारी, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा दिवंगत जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिनुका साथै विद्यालय परिसरमा स्थापित उहाँको सालिकमा माल्यार्पण गरिएको थियो।

वक्ताहरूले डा. जोशीको शैक्षिक नेतृत्व, समाजप्रतिको निष्ठा र विद्यालयप्रतिको आत्मीय योगदानको स्मरण गर्दै उहाँको निधनले शिक्षा क्षेत्रमा अपूरणीय क्षति पुगेको

ल्लेख गरे। प्रधानाध्यापक सीताराम जोशीले उहाँको जीवनी प्रस्तुत गर्दै डा. जोशीलाई सरल, अनुशासित र दूरदर्शी शिक्षाविद्का रूपमा चित्रित गर्नुभयो। “उहाँले शिक्षा नै समाज परिवर्तनको मूल आधार हो भन्ने विश्वासलाई जीवनभर व्यवहारमा उतार्नुभयो,” उहाँले भन्नुभयो।

बझाङको छविसपाथिभेरा गाउँपालिकामा जन्मनुभएका जोशीले स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गरी लामो समय शिक्षण र अनुसन्धानमा योगदान दिनुभएको थियो। पछिल्लो समय अमेरिकामा बसोबास गर्दै आएका उहाँले विदेशमै रहेर पनि नेपालको शिक्षा विकासमा निरन्तर साथ दिँदै आउनुभएको विद्यालयले जनाएको छ।

डा. जोशीले विद्यालयलाई ७० लाख रुपैयाँ आर्थिक सहयोग गरेपछि उहाँकै नाममा विद्यालयको नामकरण गरिएको थियो। विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक उन्नयनमा उहाँको योगदान ऐतिहासिक मानिएको छ।
कार्यक्रमको अन्त्यमा विद्यालय परिवारले दिवंगत जोशीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेको थियो। उहाँको योगदान र आदर्श राष्ट्रिय तुलसीराम माध्यमिक विद्यालयमार्फत आगामी पुस्तासम्म जीवित रहने विश्वास व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply