हेमा भट्ट, फागुन ४
महेन्द्रनगर, कञ्चनपुर — बसपार्क नजिकै रहेको होटल कलश स्थानीय र बाह्य पर्यटकहरूको पहिलो रोजाइ बन्न थालेको छ। २०७० सालदेखि निरन्तर सेवा दिँदै आएको यस होटलले गुणस्तरीय आतिथ्य, आकर्षक डेकोरेसन र ग्राहक–मैत्री वातावरणलाई प्राथमिकता दिएको छ।


सञ्चालक महेश प्रसाद बोहरा का अनुसार होटललाई “सेवामूलक र विश्वासिलो गन्तव्य” बनाउने लक्ष्य राखिएको छ। मेनेजर प्रकाश कठायत ले भने, “हामी ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकता दिन्छौं र सेवा गुणस्तरमा कुनै सम्झौता नगरी निरन्तर सुधार गर्दैछौं।”


होटलमा एसी र डिलक्स कोठा, बैठक तथा सेमिनार हल, पार्टी प्यालेस, सुरक्षित पार्किङ, २४ घण्टा पानी, नि:शुल्क WI-FI, सवारी साधन बुकिङ सेवा, पारिवारिक भोजनालय र बार सुविधा उपलब्ध छन्। व्यवसायिक बैठक, तालिम, गोष्ठी र सामाजिक कार्यक्रमका लागि उपयुक्त संरचना तथा बसपार्क नजिकको स्थानले होटललाई थप आकर्षक बनाएको छ।


स्थानीय अर्थतन्त्रमा योगदान गर्दै रोजगारी सिर्जना, स्थानीय उत्पादनको प्रयोग र आतिथ्य प्रवर्द्धनमा समेत होटल कलशले महत्वपूर्ण भूमिका खेलेको छ।
सम्पर्क:००९७७-९९-५२०९६३ / ९८५८७५०२५४ /९८१०६७८३०९
महेन्द्रनगरमा स्तरीय, सुरक्षित र सेवामूलक बसाइको अनुभव खोज्नेहरूका लागि होटल कलश आज भरोसायोग्य गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।
