निर्वाचन निष्पक्षतामा जोड: धनगढीमा सञ्चारसँग निर्वाचन कार्यालयको अन्तरक्रिया

हेमा भट्ट, फागुन १२
निर्वाचन कार्यालय धनगढीको आयोजनामा मंगलबार निर्वाचनमा आमसञ्चारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। निर्वाचनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने भन्दै कार्यालयले पत्रकारहरूसँग प्रत्यक्ष संवाद गरेको हो।
कार्यक्रममा पत्रकारहरूले निर्वाचन निष्पक्ष बनाउन गरिएको तयारी, आचारसंहिता उल्लंघन भएमा हुने कारबाही, फेक न्यूज नियन्त्रणका उपाय, मतदान केन्द्रको सुरक्षा अवस्था, मतगणनाको पारदर्शिता, मतदाता शिक्षा कार्यक्रम र सञ्चारमाध्यमसँगको समन्वयलगायत विषयमा जिज्ञासा राखेका थिए।
कार्यालयका प्रतिनिधिले निर्वाचन स्वच्छ र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आवश्यक सबै तयारी पूरा गरिएको जानकारी दिए। आचारसंहिता उल्लंघनका घटनामा कडाइका साथ कारबाही गरिने, भ्रामक सूचना नियन्त्रणका लागि निगरानी संयन्त्र सक्रिय राखिएको तथा सुरक्षा निकायसँग समन्वय गरी मतदान केन्द्रको सुरक्षा मजबुत बनाइएको उल्लेख गरियो।
त्यस्तै, मतगणना प्रक्रिया पारदर्शी ढंगले सञ्चालन गरिने र मतदाता शिक्षा कार्यक्रमलाई समुदायसम्म प्रभावकारी रूपमा पुर्‍याइएको जानकारी दिइयो। सञ्चारमाध्यमसँग नियमित समन्वय र सूचना आदान–प्रदानलाई प्राथमिकतामा राखिएको पनि कार्यालयले स्पष्ट पारेको छ।
अन्तरक्रियाले निर्वाचन प्रक्रियालाई थप पारदर्शी र विश्वसनीय बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply