समृद्ध सुदूरपश्चिमको २२ बुँदे मार्गचित्रसहित डा. भट्ट मतदातामाझ

कञ्चनपुर – प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै डा. भट्टले २२ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन्। अघिल्लो कार्यकालमा सुरु गरेका योजनालाई पूर्णता दिने र सुदूरपश्चिमको समग्र विकासलाई तीव्रता दिने उनको मुख्य एजेन्डा रहेको छ।

उनले दोधरा चाँदनी सुख्खा बन्दरगाह र महाकाली करिडोर को काम समयमै सम्पन्न गरी कञ्चनपुरलाई त्रिदेशीय नाकाका रूपमा विकास गर्ने बताएका छन्। यसबाट क्षेत्रीय व्यापार र रोजगारीमा उल्लेख्य वृद्धि हुने उनको दाबी छ।

सुशासन र कानुनी सुधारतर्फ जनमुखी कानुन निर्माण, दण्डहीनताको अन्त्य तथा तीनै तहका सरकारबीच समन्वय सुदृढ गर्ने प्रतिबद्धता जनाइएको छ। शिक्षा क्षेत्रतर्फ सुदूरपश्चिम विश्वविद्यालय लाई आधुनिक र रोजगारमुखी बनाउँदै एआई, जलवायु परिवर्तन, हर्बल साइन्स र स्पोर्ट्स साइन्सजस्ता नयाँ विषय थप गर्ने योजना अघि सारिएको छ। महाकाली बहुप्राविधिक शिक्षालयमा बीएस्सी नर्सिङ कार्यक्रम सञ्चालन गरिने उल्लेख छ

स्वास्थ्य पूर्वाधार सुदृढीकरणका लागि शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय लाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने तथा महाकाली प्रादेशिक अस्पताल लाई विश्वविद्यालयको आंगिक क्याम्पस बनाउने लक्ष्य राखिएको छ। दोधाराचाँदनी नगर अस्पताललाई २५ शैयामा स्तरोन्नति गरी सर्पदंश उपचार केन्द्र स्थापना गरिनेछ।

कृषि, रोजगार र उद्यमतर्फ किसान परिचयपत्र, आयात नियन्त्रण, युवा स्वरोजगार कोष स्थापना र ‘विदेश होइन, स्वदेशमै अवसर’ अभियान सञ्चालन गरिने जनाइएको छ। पर्यटन प्रवर्द्धनका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज केन्द्रित कार्यक्रम, महाकाली नदीमा र्याफ्टिङ तथा होमस्टे विस्तारमा जोड दिइएको छ।
त्यस्तै, भूमिहीन र सुकुम्बासीलाई जग्गाधनी प्रमाण–पुर्जा उपलब्ध गराउने, सुरक्षित आवास कार्यक्रम सञ्चालन गर्ने, खेलमैदान स्तरोन्नति, ढल निकास तथा तटबन्ध निर्माणजस्ता योजना पनि प्रतिबद्धतामा समेटिएका छन्।

डा. भट्टले आफ्ना योजना कार्यान्वयनका लागि मतदाताको साथ आवश्यक रहेको उल्लेख गर्दै समृद्ध र आत्मनिर्भर सुदूरपश्चिम निर्माण आफ्नो लक्ष्य रहेको बताएका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply