टी-२० विश्वकपमा आज न्युजिल्याण्ड र श्रीलंका भिड्दै

फागुन १३
आइसिसी टी-२० विश्वकप २०२६ को सुपर-८ मा बुधबार न्युजिल्याण्ड र श्रीलंका भिड्दैछन्।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा बेलुकी सवा ७ बजे न्युजिल्याण्डले घरेलु टोलीसँग खेल्दैछ।

सुपर-८ मा श्रीलंका र न्युजिल्याण्ड समूह ‘बी’ मा छ।

दुवै टोलीलाई आजको खेल जित्ने पर्ने दबाब छ।

सुपर-८ को पहिलो खेल वर्षाका कारण रद्द भएपछि न्युजिल्याण्डले पाकिस्तानसँग अंक बाँढेको थियो।

पहिलो खेलमा श्रीलंका इंग्ल्याण्डसँग पराजित भएको थियो।

आजको खेल जित्न सके दुवै देशको सेमिफाइनल पुग्ने सम्भावना कायम रहन्छ।

यो समूहबाट इंग्ल्याण्डले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ। अब आज खेल हुने दुई टोली र पाकिस्तानमध्ये एउटा टिम सेमिफाइनल पुग्ने छ।

एक खेल रद्द र एक हार ब्यहोरिसकेका कारण सेमिफाइनल पुग्न उसलाई कठिन छ। उसले अब अन्तिम खेल श्रीलंकासँग खेल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply