बालेन प्रधानमन्त्री बने खसी काट्ने घोषणा

हेमा भट्ट,चेत ३
कञ्चनपुरको -७ कलुवापुरमा सञ्चालित तपेश फर्निचर उद्योग केवल व्यापारिक थलो मात्र होइन, सामाजिक उत्तरदायित्व र सकारात्मक सोचको उदाहरण बनेको छ। यस उद्योगका सञ्चालक हर्कबहादुर रोकाय आफ्नो मेहनत, इमान्दारिता र सहयोगी भावनाका कारण स्थानीय समुदायमा एक असल र भरोसायोग्य व्यक्तित्वका रूपमा चिनिन्छन्।

उद्योगमा पलाइ, फोरमाइका, प्लाइ फर्म, गद्दा, पर्दा लगायत फर्निचरका सम्पूर्ण सामग्री सुपथ मूल्यमा उपलब्ध गराइँदै आएको छ। ग्राहकको सन्तुष्टि र गुणस्तरीय उत्पादनलाई प्राथमिकता दिँदै रोकायले “मिहिनेत नै सफलता” भन्ने मूल मन्त्रलाई व्यवहारमा उतारेका छन्।

व्यवसायसँगै सामाजिक क्षेत्रमा पनि उनको योगदान उल्लेखनीय छ। विद्यालयहरूमा आवश्यक सामग्री सहयोग गर्नु, गरिब तथा पीडित परिवारलाई सक्दो साथ दिनु र स्थानीय स्तरमा सकारात्मक सन्देश फैलाउनु उनको दैनिकी जस्तै बनेको छ। शिक्षा आजको आवश्यकता हो भन्ने उनको विश्वास छ भने स्वास्थ्य र विकासलाई अनिवार्य आधारका रूपमा हेर्छन्। भ्रष्टाचारलाई घातक रोगको रूपमा व्याख्या गर्दै उनी देश परिवर्तनका लागि सचेत नागरिकको भूमिका महत्त्वपूर्ण हुने बताउँछन्।

राजनीतिक रूपमा कुनै पद वा नेतृत्वको चाहना नराखे पनि देशको अवस्थाप्रति उनको चासो स्पष्ट देखिन्छ। विशेषगरी प्रति उनको विश्वास उल्लेखनीय छ। उनले देशको नेतृत्व सक्षम र इमान्दार हातमा जानुपर्ने धारणा राख्दै, भविष्यमा बालेन शाह प्रधानमन्त्री बन्ने अपेक्षा व्यक्त गरेका छन्।

रोकायले २०८२ भदौ २३ र २४ गते भएको जनआन्दोलन (जेनजी आन्दोलन) का क्रममा भएका घटनाप्रति आफ्नो धारणा राख्दै सरकारी संरचना नष्ट गर्नु गलत भएको बताएका छन्। उनी परिवर्तनको पक्षमा छन्, तर संयमित र जिम्मेवार तरिकाले हुनुपर्नेमा जोड दिन्छन्।

उनको देशप्रेम र प्रतिबद्धता झल्काउने अर्को रोचक पक्ष पनि छ-यदि बालेन शाह प्रधानमन्त्री बने भने खुसीयालीमा खसी काट्ने घोषणा गरेका छन्। यसका लागि उनले रु ३१ हजारमा खसी खरिद गरेर तयारीसमेत गरिसकेको बताएका छन्। यो केवल उत्सवको प्रतीक मात्र होइन, उनको विश्वास र आशाको अभिव्यक्ति हो।

त्यस्तै, उनले कृष्णपुर नगरपालिकालाई सोफा सेट हस्तान्तरण गरेर स्थानीय विकासमा आफ्नो योगदान थपेका छन्। “देश बनाउने जिम्मेवारी अब सक्षम नेतृत्वको काँधमा छ, जनताको मतको कदर हुनैपर्छ,” भन्ने उनको स्पष्ट भनाइ छ।

साना व्यवसायी भएर पनि ठूलो सोच राख्ने हर्कबहादुर रोकाय जस्ता व्यक्तिहरू नै समाजका वास्तविक प्रेरणा हुन्। उनको कथा मेहनत, सकारात्मक सोच र सामाजिक उत्तरदायित्वको ज्वलन्त उदाहरण हो-जहाँ व्यवसायसँगै मानवताको मूल्य पनि उत्तिकै मजबुत छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply