कञ्चनपुरमा लागुऔषधविरुद्ध प्रहरीको कडा एक्सन: ६ जना पक्राउ, ठूलो परिमाणमा खैरो हेरोइन बरामद

चैत ६
कञ्चनपुर — लागुऔषध नियन्त्रण अभियानलाई तीव्र बनाउँदै प्रहरीले एकैदिन दुई छुट्टाछुट्टै कारबाहीमार्फत ६ जनालाई नियन्त्रणमा लिएको छ।

नेपाल प्रहरी को सक्रियतामा २०८२ चैत ६ गते इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा बेलौरी नगरपालिका–१०, सडकघाट क्षेत्रमा चेकजाँच गर्दा शंकास्पद अवस्थामा रहेको विद्युतिय हाईसबाट ४ जनालाई पक्राउ गरेको हो। उनीहरूको साथबाट १५.१६० ग्राम खैरो हेरोइन जस्तो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी, सोही दिन इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडा संयुक्त टोलीले मोटरसाइकलमा सवार २ जनालाई नियन्त्रणमा लिँदै १४.७२० ग्राम खैरो हेरोइन जस्तो पदार्थ बरामद गरेको छ।

पक्राउ परेकाहरू माथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

पछिल्लो समय प्रहरीले लागुऔषध नियन्त्रणमा देखाएको सक्रियताले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ। लागुऔषधको दुर्व्यसनबाट आफू पनि जोगिऔं, अरूलाई पनि जोगाऔं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply