नेपाली बजारमा आज (सोमबार) पनि सुनचाँदीको भाउ घटेको छ।
आइतबार प्रतितोला १२ हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला ६ हजार पाँच सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७५ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ।
आइतबार सुन प्रतितोला दुई लाख ८२ हजार रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ।
आइतबार प्रतितोला चार हजार पाँच सय ४० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला चार हजार चार सय २५ कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय १५ रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार तीन सय ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
