दार्चुलामा भूकम्पको धक्का

चैत ९
दार्चुलामा भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दार्चुलाको मुराइ केन्द्र गरी ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पीय धक्का बिहान ३ः५१ बजे गएको केन्द्रले जनाएको छ।

पछिल्लो समय देशको पश्चिमी भूभागमा भकम्पको धक्का गइरहेका छन्।

चैत ३ गते दार्चुलाको सिटौला केन्द्र गरी ४.० म्याग्निच्युडको भूकम्प गएको थियो। गत फागुन २२ गते बझाङ चैनपुर केन्द्र गरी ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply